Logo

मुख्य समाचार

मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड



काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए ।

समितिमा बोल्दै मिडिया काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले विधेयकको नाम मात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तता आवश्यक रहेको बताए । त्यस्तै, प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासेले सामाजिक सञ्जाललाई समेत मिडियाका रुपमा स्वीकार गर्दा दण्डहीनता बढ्ने बताउँदै विधेयक शंसोधन आवश्यक रहेको बताए ।

बैठकमा समितिका सांसदहरुले संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध कुनैपनि ऐन कानून बनाउन नहुने,पत्रकारलाई समेत निशिचत शैक्षिक योग्यता तोकी पत्रकारिता अनुमति पत्र लिने व्यवस्था गर्नुपर्ने र मिडिया काउन्सिललाई स्वतन्त्र निकायका रुपमा लैजाने गरी विधेयक संशोधन बताएका थिए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ०१ बजे