Logo

मुख्य समाचार

लुम्बिनीका जिल्ला सभापतिमा पौडेल पक्ष हावी



काठमाडौं । लुम्बिनी प्रदेशका जिल्लाहरुमा अंक गणितय रुपमा पौडेल पक्ष हावी र देउवा   पक्ष निकै कमजोर देखिएको छ । प्रदेशका १२ जिल्लामध्ये बाँकेमा अझै जिल्ला अधिवेशन हुन सकेको छैन। अधिवेशन भएका ११ जिल्लामध्ये २ जिल्लामा मात्रै सभापति शेरबहादुर देउवा पक्षले जितेको छ।

रूपन्देहीमा रामकृष्ण खाण र बर्दियामा अरुणसिंह राठौर देउवा पक्षका जिल्ला सभापति हुन् । रूपन्देहीमा सर्वसम्मत रूपमा जिल्ला नतृत्व चयन गरिएको थियो । 

दाङमा यसपटक पौडेल पक्षबाट शंकर डाँगीले  सभापति जितेका छन्। नेता खुमबहादुर खड्काको अवसानपछि दाङमा पौडेल पक्षले निर्वाचन जितेको हो।

रोल्पा, प्युठानमा  रूकुमपूर्वमा यस पटक पौडेल पक्षले निर्वाचन जितेको छ। अर्घाखाँची, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिममा पनि पौडेल पक्षले सभापति जितेको नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरीले जानकारी दिए ।

पौडेल पक्षका जिल्ला सभापतिहरु

दाङ– शंकर डाँगी

प्युठान– विष्णुकुमार गिरी

अर्घाखाँची– केशव श्रेष्ठ

रोल्पा– किशोर आचार्य

रूकुमपूर्व– केशरमान रोका

नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल

पाल्पा– सभापति हिमालदत्त श्रेष्ठ

कपिलवस्तु– अब्दुल कलाम खाँ

गुल्मी– खिलध्वज पन्थी

देउवा पक्षका सभापति

रूपन्देही– रामकृष्ण खाण

बर्दिया– अरूणसिंह राठौर

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : ३० बजे