Logo

समाचार

बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई सत्तारुढ गठबन्धनको सुझाव



काठमाडौं । सत्तारुढ पाँच  गठबन्धनले प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यबाहक तोक्न सुझाव दिएका छन् ।

शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए।

बुधबारबाट सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्न थालिएपनि कार्यबाहक प्रधानन्यायाधीस को भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाई प्रभावित भएको थियो । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०५ बजे