Logo

मुख्य समाचार

राष्ट्रपति भण्डारी आज रुपन्देही जाँदै



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही जाँदैछिन् ।

राष्ट्रपति भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

यस्तै, राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम छ ।

साथै विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिएका छन् ।

विश्वविद्यालयका सूचना अधिकृत चूडामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । उक्त केन्द्रीय पुस्तकालय नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : १२ बजे