Logo

मुख्य समाचार

मुस्ताङ प्रवेश गर्न पिसिआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य



काठमाडौं । मुस्ताङ प्रवेश गर्ने पर्यटकका लागि अब कोरोनाविरुद्वको पूर्ण खोप वा पिसिआर रिपोर्ट अनिवार्य भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम मध्यनजर राख्दै मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको हो ।

हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको हो ।

मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ५० बजे