Logo

Breaking News 1

भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालकाे भेट



काठमाडौं । भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ ।

भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन् । सपथ ग्रहणपछि आइतबार नै प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आज(सोमबार)साँझ स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १२ : ५६ बजे