Logo

समाचार

कानुन व्यवसायीले प्रधानन्यायाधीस खोजेपछि सर्वोच्चको सुनुवाई प्रभावित



काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकेको दिन नै सुनुवाई प्रभावित भएको छ ।

नेपाल बार एसोसियसनका कानुन व्यवसायीले सुनुवाईका लागि प्रधानन्यायाधीस हुनुपर्ने माग गरेपछि सुनुवाई प्रभावित भएको  हो ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेका छन् ।

प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै कायममुकायम प्रधानन्यायाधीस खै भन्दै ? कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

संविधानको धारा १२९ को (६) मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वष्रिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ४१ बजे