Logo

समाचार

दोलखामा एकै परिवारका तीन जना मृत फेला



काठमाडौं । दोलखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

तामाकोशी नगरपालिका वडा नम्बर-२ झुलेस्थित घरमा श्रीमान-श्रीमती र नाबालक मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा २७ वर्षीय श्याम तामाङ, २५ वर्षीया अम्बिका र ६ दिनको नाबालक रहेका छन् । राति खाना खाएर सुतेका उनीहरु बिहान मृत फेला परेका हुन् ।

उनीहरु राति मकल बालेर सुतेको देखिएकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : २३ बजे