काठमाडाैं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।
कोशीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की संविधानको धारा १६८ ९५० अनुसार २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कार्कीले ३१ वैशाखमा प्रदेशसभामा विश्वासको मत लिए । कार्कीको विश्वासको मतको प्रक्रियाअघि नै अदालतमा रिट दर्ता भएको थियो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २७ वैशाखमा नै रिट दर्ता गरेका थिए । सरकार गठन असंवैधानिक भएको रिटमा जिकिर गरिएको छ ।
प्रतिक्रिया