Logo

मुख्य समाचार

‘पार्टीमा कार्यकारिणी भूमीका फेरेर हेर्नुपर्यो’: राजेन्द्र लिङ्देन



काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्दनले पार्टीमा नेतृत्व हेरफेर गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौमा सुरु भएको राप्रपाको महाधिवेशनमा सम्बोधन गर्दै लिङ्देनले पार्टीलाई अब नयाँ नेतृत्वको खाँचो रहेको बताएका हुन् ।

महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका लिङ्देनले कमल थापा प्रति लक्षित गर्दै पुराना नेतृत्वले अब कार्यकारिणी भूमिका फेरेर हेर्नुपर्ने बेला आएको बताए ।

उनले राप्रपाका पुराना नेताहरुको अभिभावकीय भूमिका सधै राप्रपालाई आवश्यक रहेको पनि बताए । 

उनले पार्टी एकतापछिको विगत दुई वर्षको कार्यशैली र गतिविधि हेर्दा राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने दाबी गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ३३ बजे