काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।
आज नै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज नै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएकाे छ । प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया