काठमाडाैं । आज मिति २०८१ जेठ २७ गते, आइतबार ९ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष तृतीया तिथि, १६ः३६ बजेपछि चतुर्थी । पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १५ः२५ बजेपछि कर्कट।
मेष
मिहिनेत गर्दा विभिन्न अवसर पाइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
वृष
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ।
मिथुन
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
कर्कट
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ।
सिंह
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।
कन्या
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ।
तुला
पहिलेका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
वृश्चिक
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। नियमित काममा फाइदा उठाउन सकिनेछ।
धनु
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
मकर
शत्रुहरू स्वतस् किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ।
कुम्भ
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ।
मीन
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
प्रतिक्रिया