Logo

मुख्य समाचार

कांग्रेस मोरङको सभापतिमा लिम्बू विजयी



काठमाडौं । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।

हिजो भएको दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवानिकट रहेका उम्मेदवार दिलीप गच्छादारलाई पराजित गर्दै सभापति पदमा लिम्बू विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित लिम्बू शेखर कोइरालाकै समर्थनमा उम्मेदवार बनेका थिए । १३ औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू निर्वाचित भएलगतै डाक्टर शेखर कोइराला पक्षमा खुलेका थिए ।

आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनजनामध्ये कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ कांग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : १४ बजे