काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकपको बिहीबार राति भएको खेलमा अमेरिकाले अप्रत्याशित नतिजा निकाल्दै पाकिस्तानलाई ‘सुपर ओभर’ मा हरायो ।
टी–२० विश्वकपको इतिहासमै एसोसिएट राष्ट्रले पाकिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो ।
समूह ए को खेलमा संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई पराजित गरेपछि विश्वकपको इतिहासमा (टि–२० होस् वा एकदिवसीय) सबैभन्दा ठूलो अपसेट देखिएको छ ।
बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानलाई स्तब्ध पार्न मुम्बईमा जन्मेका संयुक्त राज्य अमेरिकाका सौरभ नेत्रवाल्करको योगदान अविस्मरणीय थियो ।
४० ओभरको खेलमा स्कोर बराबरी भएपछि डलासमा भएको एक ओभरको एलिमिनेटरमा १८ रन डिफेन्ड गर्ने जिम्मेवारी पाएका थिए अमेरिकाका नेत्रवाल्करलाई दिइएको थियो।
उनले आफ्नो सन्तुलन कायम राखे र उत्कृष्ट बलिङ गर्दै पाकिस्तानसँग १३ रन मात्र खर्च गरे ।
भारतीय मुलका क्रिकेटर नेत्रवाल्कर एक पटक यू–१९ विश्वकपमा भारतको जर्सीमा समेत खेलेका थिए । उनै नेत्रवाल्करले टी–२० विश्वकप २०२४ मा उत्कृष्ट सुरुवात गर्ने पाकिस्तानको आशालाई चकनाचुर पारे । जसले विश्व स्तरमा खेल्न चाहने सबै उदीयमान क्रिकेटरहरूमा आशा जागेको छ ।
को हुन् सौरभ नेत्रवाल्कर ?
अक्टोबर १६, सन् १९९१ मा भारतको मुम्बईमा जन्मेका नेत्रवाल्करले २०१० को विश्वकपमा पनि भारतीय यू–१९ टोलीबाट खेलेका थिए । तर, भारतको प्रतियोगिताले उनलाई आफ्नो प्रतिभालाई थप निखार्न अनुमति दिएन ।
बायाँ हाते तेज गेंदबाज नेत्रवाल्कर ती बलरहरू मध्ये एक हुन् जसले कुनै पनि प्रकारको सतहबाट गति र बाउन्स उत्पादन गर्न सक्छन्, बिहीबार राती पाकिस्तानविरुद्ध उनले त्यही गरे ।
पूर्व भारतीय यू–१९ क्रिकेटर सन् २०१५ मा संयुक्त राज्य अमेरिका गएका थिए ।
अमेरिका गएको लगभग ९ वर्षपछि उनले आफ्नो करियर बनाउन चाहने खेलमा इतिहास रचे । नेत्रवाल्करले मुम्बईको लागि रणजी ट्रफी खेल पनि खेलेका छन् ।
आजको दिनमा नेत्रवाल्कर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय टोलीका केही खेलाडीहरू मध्ये एक हुन् जो मेजर लिग क्रिकेटमा नियमित छन् ।
आउँदो हप्ता नेत्रवाल्करले विश्वकपअन्तर्गत नै आफ्ना सिनियर खेलाडी रोहित शर्माविरुद्ध खेल्नेछन् ।
प्रतिक्रिया