Logo

अर्थ

बुधबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?



काठमाडौं । साताको चौथो दिन आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बजारमा सुन केही दिनदेखि घट्दै आइरहेको छ । तेजाबी सुन आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ११ बजे