Logo

मुख्य समाचार

जुम्लामा बस दुर्घटना, दुई जनाको मृत्यु



काठमाडौं । जुम्लामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा नवीन रावल र विशाल बम रहेको प्रहरीले जानकारी दिएको छ ।

बसमा चार जना मात्रै सवार रहेका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ५५ बजे