काठमाडाैं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा पनि नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा यूएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
नेपालले पहिलो हाफमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग हुन सकेन । ३५औँ मिनेटमा सनिष श्रेष्ठले गरेको क्रसमा पहिलो बार नजिकै रहेका जिलेप्सीजङ कार्कीले बललाई गोलपोस्टको फ्रेममा प्रहार गर्न सकेनन् ।
त्यसको दुई मिनेटपछि नेपालले गरेको प्रहार दुईपटक बारमा लागेर फर्कियो। संजिव विष्टले गरेको हेड प्रहार पहिलो बारमा लागेर फर्कँदा विशाल बस्नेतले प्रहार गर्दा डिफ्लेक्ट हुँदै क्रस बारमा लागेर बाहिरिएको थियो ।
समूहको आफ्नो अन्तिम खेलमा नेपालले अब जुन ११ तारिखमा यमनसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो चरणमा नेपालले एक गोल पनि गर्न सकेको छैन । ५ खेलमा नेपालले १८ गोल ब्यहोरेको छ । यूएई फिफा वरियतामा नेपालभन्दा एक सय ११औँ स्थान माथीको टोली हो ।
प्रतिक्रिया