Logo

समाचार

महाधिवेशन उद्घाटनको संघारमा आइपुग्दा राप्रपामा विवाद



काठमाडौं । महाधिवेशन उद्घाटनको संघारमा आइपुग्दा राप्रपामा महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर विवाद भएको छ । अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन पक्षबीच गए राति पार्टी केन्द्रीय कार्यालय ध्रुम्बाराहीमै लफडा भएको हो ।

जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाकै निर्देशनमा हेरफेर गरेको आरोप लिङ्देन पक्षका नेताहरूले लगाएका छन् । राप्रपाले ३३० प्रदेश सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनेर ल्याएको छ। महिला, दलित, अल्पसंख्यकलगायत हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा समेट्नुपर्ने थियो ।

तर कतै दलित र कतै अल्पसंख्यकका प्रतिनिधि खाली थिए। लिङ्देन पक्षका नेताहरूले जिल्लाबाट खाली आएका प्रतिनिधिमा थापा पक्षले ुआफ्ना मान्छेुका नाम समावेश गरेको आरोप लगाएको छ।

राप्रपाको आजदेखि हुने महाधिवेशनमा अध्यक्ष पदमा थापा र लिङ्देन भिड्ने भएका छन् । आज बिहान ९ बजेभित्रमा महाधिवेशनका मतदाताको सूची निर्वाचन समितिले प्रकाशित गर्ने भनिएकोमा थापा र लिङ्देन पक्षबीच विवाद हुँदा यो कार्य रोकिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ३६ बजे