काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।
आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गरे । ३७ बलको सामना गरेका शर्माले चार चौका र एक छक्का प्रहार गरे ।
बलिङतर्फ आयरल्यान्डका मार्क आडैर र बेन ह्वाइटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाएको थियो ।
भारतीय बलरसामु निरीह देखिएका आयरल्यान्डका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेख्य बन्न सकेन । आयरल्यान्डका ग्यारेथ डेलानीले २६ रन बनाए । जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन थपे ।
आयरल्यान्डलाई सस्तैमा समेट्न हार्दिक पन्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका पन्ड्याले एक मेडन फ्याक्दै २७ रन खर्चिए ।
प्रतिक्रिया