Logo

मुख्य समाचार

अछाममा बस दुर्घटना २ को मृत्यु, २६ जना घाइते



अछाम । अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अछामको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

बस सडकभन्दा १० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य २६ जना घाइतेको स्थानीय अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : ४३ बजे