Logo

मुख्य समाचार

मुख्यमन्त्री शाहीले पेश गरे विश्वासको मतसम्बन्धी प्रस्ताव



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्त्रन्धी प्रस्ताव पेश गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा मत विभाजन भने वुधबार हुनेछ ।

प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : २० बजे