Logo

समाचार

एमाले अध्यक्षमा पुन: ओली, औपचारिक घोषणा हुन बाँकी



काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनबाट केपी शर्मा ओली पुन: अध्यक्ष बनेका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीले १८०८ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी डा. भीम रावलले २२३ मत प्राप्त गरेका छन् । जितको औपचारिका घोषणा हुन मात्रै बाँकी रहेको छ ।

कुल २ हजार ९२ ले मत खसेको थियो। २ हजार एक सय ५३ मतदातामध्ये ३९ जना अनुपस्थित भएका थिए ।

अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ५९ बजे