Logo

मुख्य समाचार

मतगणना अपडेट: ओली १४५५, रावल ९६



काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्। 

मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन्। 

एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो । मतदानमा २ हजार १ सय १४ जनाले मतदान गरेका छन् ।

२ हजार एक सय ५३ मतदातामध्ये ३९ जना अनुपस्थित भएका थिए । अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : १३ बजे