Logo

विश्व

नाइजेरियाको जेलमा आक्रमण, ११ जनाको मृत्यु



काठमाडौं । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परि कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् ।

सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दी गृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।

कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले गर्‍यो भन्ने बारेमा केही खुल्न सकेको छैन । कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : १२ बजे