Logo

मुख्य समाचार

राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लोहनीको समर्थन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन् ।

डा. लोहनीले पत्रकार सम्मेलन मार्फत लिङ्देनलाई समर्थन रहेको बताएका हुन् । लोहनीले कमल थापा र पशुपतिशम्शेर जबरालाई पनि पार्टी नयाँ नेतृत्वलाई चलाउन दिन सहयोग गर्न आग्रह गरेका छन् ।

थापा र राणालाई नयाँ नेतृत्व स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न उनले आग्रह गरेका हुन् ।

आगामी महाधिवेशनका लागि कमल थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । थापालाई जबराको समर्थन रहेको बताइएको छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ०१ बजे