Logo

मुख्य समाचार

७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो



काठमाडौं । नेपालले कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त गरको खोपमध्ये थप ७ लाख २५ हजार कोभिसिल्ड खोप नेपाल आइपुगेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप सोमबार काठमाडौं आइपुगेको हो ।

बाँकी खोप पनि छिट्टै आइपुग्ने बताइएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ०५ बजे