Logo

मुख्य समाचार

कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस बर्दिया सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।

राठौरले ८८० मत प्राप्त गरे । राठौरका प्रतिस्पर्धी भुवनेश्व चौधरीले ६७८ मत पाएका छन् ।

राठौर सभापति शेरबाहदुर पक्षका हुन भने चौधरी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

यस्तै उपसभापतिमा गोबिन्द प्रसाद थारु निर्वाचित भएका छन् । सचिवमा मिनराज चौधरी, सहसचिवमा तिलक लम्साल निर्वाचित भएका छन् । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : १५ बजे