Logo

अर्थ

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?



काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि आज १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ०५ बजे