Logo

मुख्य समाचार

‘मतदान स्थलमा ओली पक्षको हर्कत आचारसंहिता विपरित’: सुब्बा



काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट हाल नहाल भन्न नपाइने बताएका छन् ।

एमालेको महाधिवेशन अन्तर्गत जारी नेतृत्व चयनका लागि मतदानमा केपी शर्मा ओली पक्षले अर्का अध्यक्षका प्रत्यासी भीम रावललागतयका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै पर्चा बाँडेका थिए ।

ओली पक्षको यो हर्कत आचारसंहिता विपरित भएको सुब्बाले बताएका छन् । उनले यस्ता पर्चाहरु हटाउन प्रहरीलाई आग्रह गरिसकेको बताएका छन् ।

ओली पक्षले रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै लाइनमा बसेका मतदाताहरुमा पर्चा बाँडका थिए ।

आचारसंहिता विपरित पर्चा बाँडिएको भन्दै भीम रावलले विरोध जनाएका थिए । अहिले मतदान जारी रहेको छ । अबको केही समयभित्रै नै मतदान सकिँदैछ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : २३ बजे