Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशनः अधिकांश जिल्लामा देउवा पक्ष बलियो, संस्थापन इतरपक्ष कमजोर



काठमाडौं । नेपाली कांग्रेसको जारी जिल्ला अधिवेशनमा हालसम्म ५३ स्थानमा अधिवेशन सम्पन्न भइसकेको छ ।

नतिजा आएका ५३ स्थानमा सभापति शेरबहादुर देउवा पक्ष अगाडि लागिरहेको छ । ५३ जिल्लामध्ये हालसम्म देउवा पक्षले २८ ठाउँमा जित दर्ता गरेको छ भने २३ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति जितेको छ ।

यस्तै, बाँकी दुई जिल्लामध्ये एक जिल्लामा कृष्णप्रसाद सिटौला पक्षले जित हात पारेको छ । भने एक जिल्ला जाजरकोटका निर्वाचिन जिल्ला सभापति हालसम्म कुनै पक्षमा खुलेका छैनन् ।

जाजरकोटबाट सभापति बनेका बेदराज सिंह सभापति देउवाकै पक्षमा खुल्न सक्ने बताइएको छ । पौडेल समूहमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला छन् ।

प्रदेश २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत अब २४ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०७ बजे