Logo

मुख्य समाचार

कांग्रेस बागलुङ जिल्ला सभापतिमा शेरचन निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस बागलुङ सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन् ।

शेरचनले आठ सय ७३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत प्राप्त गरे । शेरचन कृष्णप्रसाद सिटौला पक्षका हुन भने पौडेल रामचन्द्र पौडेल पक्षका हुन् । 

गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान भएको थियो । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : १७ बजे