Logo

Breaking News 1

आईसीसी टी–२० विश्वकप : जितका लागि  क्यानडाले अमेरिकालाई दियाे १९५ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो ।

नवनीत धालिवालले ४४ बलमा ६१, निकोलस किर्टनले ३१ बलमा ५१ तथा श्रेयस मोभ्भाले १६ बलमा अविजित रहँदै ३२ रन बनाए । कमजोर बलिङ गरेको घरेलु टोलीका लागि अलि खान, हर्मित सिंह र कोरि एन्डरसनले समान १ विकेट लिए ।

समूह ए मा रहेका अमेरिका र क्यानाडाको समूहमा भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, पीएनजी, क्यानाडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : १८ बजे