Logo

समाचार

कांग्रेस बागलुङ सभापतिमा जीत शेरचन निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस बागलुङ सभापतिमा जीत शेरचन निर्वाचित भएका छन् । आठ सय ७३ मत ल्याएर शेरचन सभापति निर्वाचित भएका हुन् ।

सभापतिका अर्का उम्मेदवार जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत मात्रै ल्याएका थिए । सभापतिमा जितेका शेरचना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। उपाध्याय भने वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् ।

बागलुङमा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ०९ बजे