Logo

मुख्य समाचार

ओली पक्षको सूची: कसलाई भाेट हाल्ने र कसलाई नहाल्ने



चितवन । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले पर्चा बाँडेको भेटिएको छ । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो ।

आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भाट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो । एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् भने पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् । 

सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : १५ बजे