Logo

मुख्य समाचार

कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उनले सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिएका थिए । उनलाई निमोनिया समेत देखिएको छ ।

आइतबार एक पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ०८ बजे