Logo

समाचार

रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न संघसंस्थालाई सम्मान


१८ जेष्ठ २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ । श्री शाहका परिवारजनको विशेष सक्रियतामा अम्विका निवास, लाजिम्पाटमा बिहीबार आयोजित एक समारोहमा गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष चिन्तामणि नाथ योगीको सभापतित्व एवं पूर्व मुख्यसचिव शंकर वैरागीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापिका उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धारपानीलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।

पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसापत्रसहित नगद ग्रहण गरेका थिए । यसैगरी, नेपाली शिक्षा परिषद् सोह्रखुट्टे काठमाडौंलाई ७ लाख, हिन्दू विद्यापीठ नेपाल थली काठमाडौंलाई ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्यकेन्द्र थापाथलीलाई ५ लाख, त्रिवेणी धाम आरती समूह शंखमुललाई २ लाख प्रदान गरिनुका साथै दुर्गा मन्दिर धर्ना, दाङलाई निरन्तर सहयोग गर्ने घोषणा पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शंकर बैरागीले नेपालमा गुठीहरुले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : ४९ बजे