काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डित पार्टीमा पदाधिकारी बन्न नपाएपछि रुष्ट बनेका छन् ।
जारी १०औँ महाधिवेशनमा पदाधिकारीका आकांक्षी रहेका पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले नसमेटेपछि रुष्ट देखिएका हुन् ।
अध्यक्ष ओलीले पण्डितलाई केन्द्रीय कमिटीमा बस्न गरेको आग्रह पनि पण्डितले अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता पण्डित अब पार्टीको कुनै पनि कार्यकारी पदमा बस्ने निर्णय गरेको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
रुष्ट भएपछि पण्डित महाधिवेशन नसकिँदै चितवनबाट फर्किएका छन् । पण्डितले पहिलैदेखि आफू पदाधिकारीमा लड्ने तर केन्द्रीय कमिटीमा नजाने बताउँदै आएका थिए ।
प्रतिक्रिया