Logo

मुख्य समाचार

ट्रकको ठक्करबाट कैलालीमा एकको मृत्यु



काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–८ स्याउले चोकमा सोमबार बिहान साढे ३ बजे ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । 

ट्रकको ठक्करबाट घाइते उनको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हो । 

ठक्कर दिने ट्रक र ट्रक चालक कपिलवस्तु-९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : १७ बजे