Logo

मुख्य समाचार

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द



बाँके । गर्मी अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सबै विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ९ : ०३ बजे