Logo

मनोरञ्जन

बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !



काठमाडौं । भारतीय ¥यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ । बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका छन् । देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी सिंहसँगको आफ्नो झगडा अन्त्य भएको घोषणा गर्दै फ्यानलाई अचम्मित बनाएका हुन् ।

मे २४ मा भएको कन्सर्टमा बादशाहले आफ्नो प्रस्तुतीलाई बीचमा नै रोकेका थिए । त्यसपछि उनले हनी सिंहको बारेमा बोलेका थिए । ‘मेरो जीवनको एक समय थियो, जब एक व्यक्तिविरुद्ध इश्र्या गर्थे र अब त्यसलाई पछाडि छोड्दैछु । र त्यो हनी सिंह हो । म कुनै गलत हल्लाका कारण खुशी थिइन । मलाई महशुस भयो कि जोड्ने वाला थोरै थिए र तोड्ने वाला धेरै । आज म सबैलाई भन्न चाहन्छु कि जिन्दगीको त्यो समयलाई मैले छोडिदिएको छु, मेरो शुभकामना ऊप्रति छ’, बादशाहले भनेका छन् ।

बादशाह र हनीबीचको शत्रुता र झगडाको सुरुवात सन् २००९ मा भएको थियो दुवैले माफिया मुुन्डिरबाट आफ्नो बाटो अलग गरेका थिए । यसपछि दुवै कलाकारबीच तनाव बढ्दै गएको थियो । कहिले सामाजिक सञ्जालमा त कहिले आफ्नो गीतको माध्यमबाट एकअर्कालाई निशाना साँधिरहेका थिए । तर, ति दुवै एकै समयमा एकै एउटै क्षेत्रबाट उदाएका कलाकार थिए ।
कन्सर्टमा बादशाहले हनीसँगको शत्रुतापूर्ण व्यवहारको अन्त्य भएको घोषणा गरेपछि उनका फ्यानहरुले तालि बजाएर खुशी ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : २७ बजे