Logo

राजनीति

कांग्रेसमा दाजु–भाउजू मात्र होइन गोत्र मिल्ने सबैको छानबिन गरे हुन्छ : महामन्त्री शर्मा



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने बताएका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले आफूहरू जुनसुकै विषयमा पनि छानबिनका लागि तयार रहेको उल्लेख गरे ।

महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै विभिन्न विषयमा जवाफ फर्काए । लामिछानेले दोषी भए राजनीति छोड्छु आफू दोषी नभए गगन थापाले राजनीति छाड्ने हो भन्ने आशयमा दिएको अभिव्यक्तिमा पनि उनले कटाक्ष गरे ।

उनले सदनमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि सदनमा छन् भनेकोमा आपत्ति जनाए । साथै, उनले यो विषयलाई सदनको रकेर्डबाट हटाउन माग गरे ।

महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गरे । कांग्रेस सरकारमा हुँदा कमजोरीको पनि फाइल खोलियोस् भनेर उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्‌मा पार्टीले प्रस्ताव लगेको भनाइ उनको थियो ।

सम्बोधनको क्रममा उनले नेपाल अनन्त सम्भावना रहेको देश भन्दै राजनीतिमा कुनै पनि संकट नरहेको बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ४ : २५ बजे