Logo

खेलकुद

मुरा एफसीसँग टोटेनह्याम पराजित



काठमाडौ । युरोपा कन्फरेन्स लिग फुटबलमा टोटेनह्याम मुरा एफसीसँग पराजित भएको छ ।

गएराति भएको खेलमा टोटेनह्याम मुरा एफसीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

यो हारसँगै टोटेनह्याम समूह ‘जी’ को तेस्रो स्थानमा रहेको छ । टोटेनह्यामले ५ खेलमा ७ अंक जोडेको छ ।

मुरा ३ अंकसहित अंक तालिकाको अन्तिममा रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : २० बजे