Logo

राजनीति

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १ : ४७ बजे