Logo

राजनीति

सदनमा प्रधानमन्त्रीको आक्रोश : कांग्रेसको गतिविधि इतिहासकै लागि कलंक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा गरेको गलत क्रियाकलापको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेर विरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसको गतिविधि कलंकको रूपमा स्थापित हुने टिप्पणी गरे ।

उनले भने, ‘जुन प्रधानमन्त्रीले तपाईहरूलाई पटक पटक साथ दियो । अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ । त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । यसप्रति दःुख व्यक्त गर्छु । कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ । कांग्रेसको आजको गतिविधि इतिहासमा धेरै राम्रोसँग कलंकको रूपमा स्थापित हुने छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : १० बजे