Logo

राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसदको अवरोध जारी राख्ने निर्णय



काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसका लागि कांग्रेसले सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : ०७ बजे