Logo

Breaking News 1

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्ने छ ।

आजकाे बैठकमा कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । कांग्रेसले सहकारीको रकम हिनामिना प्रकणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिनको माग गरिरहेको छ ।

तर, समिति बनाउने विषयमा सत्ता/प्रतिपक्षीबीच सहमति नहुँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ६ : २५ बजे