Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन : मोरङको क्षेत्र नं १ ‘क’ मा मोक्तान र क्षेत्र नं ६ ‘ख’ मा तिवारी सभापतिमा विजयी



मोरङ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेश सभा क्षेत्रीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।

मोरङ क्षेत्र नं १ को ‘क’ मा नरबहादुर मोक्तान तथा क्षेत्र नं ६ को ‘ख’ मा मधुबाबु तिवारी सभापतिमा विजयी भएका छन्। मोक्तानले अर्जुन तुम्रोक र वीरबल थापालाई पराजित गरेका थिए। सो क्षेत्रमा उपसभापतिमा प्रकाश निरौला र लोलिम पोमु, सचिवमा कोमलप्रसाद ढकाल र नारदमणि नेपाल, सहसचिवमा नारायण धिमाल र नेत्रप्रसाद आपागाई विजयी भएका छन्।

यस्तै तिवारीले सभापतिमा विकास पराजुलीलाई पराजित गरेका हुन्। सो क्षेत्रमा उपसभापतिमा किरण नेपाल र लोकबहादुर कार्की, सचिवमा माधवराज राजभण्डारी र कैकशा कौशर गुड्डी, सहसचिवमा अञ्जु दाहाल र मञ्जील गौतम निर्वाचित भएका छन्।

मोरङको १२ क्षेत्रमध्ये ४ वटामा सभापतिसहित सबै पदाधिकारी र प्रतिनिधि सर्वसम्मत भएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ३९ बजे