Logo

राजनीति

संसद् बन्द गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार संसद् बन्द गरेर भागेको निष्कर्ष निकालेको छ । बिहान संसद्को ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । सरकार जबाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको उनको भनाई छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : ०३ बजे