Logo

राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी मूख्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । आजको बैठकमा नयाँ विधान परिमार्जन, नेताहरुको जिम्मेवारी हेरफेर र समसामयीक राजनीतिक विषयमा छलफल हुनेछ ।

फागुन १६ गते बसेको बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्जहरूको जिम्मेवारी तोकेको थियो । आजको बैठकले बाँकी पदाधिकारी, स्थायी समिति सदस्यहरूको जिम्मेवारी तोक्ने तयारी छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  २ : १२ बजे