Logo

राजनीति

जसपा तत्काल सरकारमा नजाने


२३ फाल्गुन २०८०, बुधबार  

69
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेका कारण तत्काल सरकारमा नजाने भएको हो ।

‘हामी छलफलमै छौं, निष्कर्षमा पुगिसकेका छैनौं’ जसपाका अध्यक्ष उपन्द्र यादवले भने ।

जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले आफूहरुका लागि मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने बताए ।

नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएका कारण मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ । अहिलेको गठबन्धनबाट मधेश प्रदेशको सरकारलाई टिक्न सक्ने देखिदैन । मधेश प्रदेश सरकार हातबाट जाने भएपछि जसपाले तत्कालै सरकारमा जाने निर्णय गर्न सकेको छैन । बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकबाट थप निर्णय आउन बाँकी छ ।

सोमबार भएको चार दलबीचको सहमतिमा जसपा अध्यक्ष यादवले हत्स्थाक्षर गरे पनि आज भएको मन्त्रिपरिषद् विस्तारमा पार्टीले मन्त्री चयन गर्न सकेन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : १२ बजे